Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

उर्जामन्त्रीको निमन्त्रणामा खट्टर भोली नेपाल आउँदै

उर्जामन्त्रीको निमन्त्रणामा खट्टर भोली नेपाल आउँदै

  • सोमवार, बैशाख ८ २०८२

  • 399
    SHARES

  • उर्जामन्त्रीको निमन्त्रणामा खट्टर भोली नेपाल आउँदै

    काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर भोली मंगलबार नेपालको भ्रमणमा आउनुहुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो ।

    गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । उहाँ दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो ।

    मन्त्री खड्कासँगै भारतीय मन्त्री खट्टरले मङ्गलबार सङ्खुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तरगत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०–१३३–३३ केभी तुम्लिङटार सवस्टेशन, २२०–३३ केभी बानेश्वर सवस्टेशन तथा २२०–१३३–३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

    उहाँले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह र बाँध क्षेत्रको अवलोकन गर्नुहुने प्रवक्ता देवले बताउनुभयो । मंगलबार नै नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने छ ।


    सोमवार, बैशाख ८ २०८२०२:३९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij