Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सभापति देउवालाई शुभेच्छुक संस्थाहरुको ध्यानाकर्षण

सभापति देउवालाई शुभेच्छुक संस्थाहरुको ध्यानाकर्षण

  • शुक्रवार, बैशाख ५ २०८२

  • 1.5K
    SHARES

  • सभापति देउवालाई शुभेच्छुक संस्थाहरुको ध्यानाकर्षण

    काठमाडौं । शिक्षको माग तत्काल सम्बोधन गर्न नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुको संयुक्त बैठकले सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । 

    नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय विभागले बिहिबार शिक्षक संघका पदाधिकारीहरु र नेपाल शिक्षक महासंघका पदाधिकारीहरुसँग छलफल गरेको थियो । सो छलफलपछि शुक्रबार विभागीय प्रमुख अब्दुल सत्तारको अध्यक्षतामा बसेकोे पार्टीका शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुसँगको बैठकले शिक्षकको माग तत्काल सम्बोधन गर्न सभापति देउवालाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

    बैठकले शिक्षकहरुको आन्दोलन कानुन संवत¸समयानुकुल शिक्षाको गुणस्तर र पेशागत हकहित संरक्षण गर्ने माग जाहेज रहेको ठहर गर्दै पार्टीका सबै शुभेच्छुकहरुले शिक्षकहरुको आन्दोलनको पक्षमा एक्यबद्धता जायर गरेको छ ।

    नेपाल शिक्षक महासंघ आवद्ध शिक्षक संघ÷संगठनहरुसँग सरकारले गरेको सहमती कार्यान्वय गर्न पनि आग्रह गरेका छ । मागलाई संबोधन गर्न नेपाली कांग्रेससँग गठबन्धन गरी बनेको सरकारलाइ कडारुपले निर्देशन दिइ शिक्षकहरुको मागलाई तत्काल पुरा गराउन नेपाली कांग्रेसले आफ्नो अग्रसरता लिनु पर्नेमा बैठकले जोड दिएको शुभेच्छुक संस्था समन्वय विभागका सचिव निर्मला क्षेत्रीले जानकारी दिनुभयो ।

    बिद्यमान अवस्थामा माद्यमिक शिक्षा परिक्षा –क्भ्भ्० दिएका बिद्यार्थिको उत्तर पुस्तिका जाँच र परिक्षाफल प्रकाशन तथा कक्षा १२ को परिक्षा संचालनलाई असर गरेको भन्दै आन्दोलनमा रहेका शिक्षकसँग तत्काल बार्ता गरि समस्याको समाधान गर्न आवश्यक छ ।

    शिक्षक महासंघका अगुवाइमा विगत १७ दिनदेखि शिक्षकहरु आदोलनमा छन् । यसले गर्दा विद्यार्थी भर्ना कार्यक्रम समेत प्रभावित भएको छ ।


    शुक्रवार, बैशाख ५ २०८२०७:४१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij