काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षकहरुको माग वार्ताबाट तत्काल समाधान गर्नको लागि सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । राज्य, व्यवस्था तथा सुशासन समितिमा बोल्दै शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन आउन रोक्न बेलैमा सचेत हुन उहाँले आग्रह गर्नुभयो ।
सडकमा भएको अस्थव्यस्तताई राज्यव्यवस्थाले पनि ख्याल गर्नुपर्ने बताउँदै सरकारले आन्दोलनरत शिक्षकहरुसँग संवाद र वार्ताबाट समाधान खोजेर कक्षाकोठामा फर्काउनुपर्ने बताउनुभयो । महामन्त्री शर्माले निजामती कर्मचारीलाई पनि शिक्षकहरु जस्तै सडकमै जाने वातावरण बनाउन नहुने बताउनुभयो । उहाँले निजामती कर्मचारी भनेको त राज्यकै अंग भएको पनि बताउनुभयो ।