काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको दिन माओवादी अध्यक्षले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्तिको जवाफ दिनुभएको हो ।
ढुक्क भएर देश विकासमा लाग्न अनुरोध गर्दै उहाँले अहिले हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिलेको सरकारले नै देश विकसित र सुशासनयुक्त बनाउने जिकिर गर्नुभयो । चितवनको पर्यटनमा इच्छाकमनाले योगदान दिनसक्ने बताउँदै केन्द्र र प्रदेश सरकारले समेत यहाँको विकासमा सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।