काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भन्नेबितिक्कै सरकार नढल्ने जनाएको छ । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ बर्षमा सरकार ढल्ने दाबीको खण्डन गर्दै कांग्रेसले बूढानीलकण्ठमा बसेको बैठकबाट यस्तो जवाफ दिएको हो ।
प्रमुख प्रतिपक्षी दलको सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म भएको बताउँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्डले भनेको कुरामा सत्यता नभएको बताउनुभयो । कांग्रेस र एमालेबीचको गठबन्धनमा समस्या भइरहेको अवस्थामा सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गनुृभएको थियो ।
प्रचण्डले ओली सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेकोसमेत बताउनुभएको थियो । बैठकपछि प्रवक्ता महतले सरकारको काम अझै राम्रो गर्नुपर्ने रहेको बताउनुभयो ।