Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सरकारको कार्यशैलीलाई लिएर बुढानीलकण्ठमा कांग्रेसको बैठक जारी

सरकारको कार्यशैलीलाई लिएर बुढानीलकण्ठमा कांग्रेसको बैठक जारी

  • बिहिवार, बैशाख ४ २०८२

  • 460
    SHARES

  • सरकारको कार्यशैलीलाई लिएर बुढानीलकण्ठमा कांग्रेसको बैठक जारी

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर नेताहरूमा चरम असन्तुष्टि देखिएपछि अहिले बूढानीलकण्ठमा नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । करिब २ घण्टादेखि सभापति शेरबहादुर देउवाको निवासमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूसहितको बैठक बसिरहेको छ ।

    बैठकमा पार्टीमा गठबन्धन सरकारबारे बढिरहेको चर्को असन्तुष्टिबारे छलफल भइरहेको जनाइएको छ। गत असार ३१ गते बनेको ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर पछिल्लो समय कांग्रेसका चर्को असन्तुष्टि छ । कुनै बेला एमाले र कांग्रेस मिल्नुपर्ने लबिइङमा रहेका नेता डा. शेखर कोइरालाले सुरूमा सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाउनु भएको थियो ।

    त्यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगाएतका नेताहरुले पनि पछिल्लो समय सरकारको आलोचना गर्दै आएका छन् । सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गठबन्धनताका दुई दलले राखेका अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।

    बुधबार साँझ बसेको सत्ता साँझेदार दुई दलको उच्चस्तरीय संयन्त्रको सदस्य समेत रहनु भएका उपसभापति खड्का र महामन्त्री थापा संयन्त्रको बैठकमा उपस्थित नहुनुले पनि पछिल्लो सरकारमा केही खटपट बढेको आशंका गर्न थालिएको छ । केही दिन अघी सार्वजनिक कार्यक्रममा नै महामन्त्री थापाले विड तातेको तर ताप्के नतातेको भन्दै प्रधानमन्त्रीमाथी व्यङ्ग्य गर्नुभ्रएको थियो ।

    अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकार विचौलियाको संरक्षणमा क्लियर देखिएको भन्दै विचौलियाहरुको पहुँच सरकारको बेडरुमसम्मै पुगेको भन्दै आरोप लगाउनुभएको थियो ।


    बिहिवार, बैशाख ४ २०८२०१:३४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij