Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

चाँडै गभर्नर नियुक्ति हुने सरकारको दाबी

चाँडै गभर्नर नियुक्ति हुने सरकारको दाबी

  • बुधवार, बैशाख ३ २०८२

  • 352
    SHARES

  • चाँडै गभर्नर नियुक्ति हुने सरकारको दाबी

    काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति हुने बताउनुभएको छ ।

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले गभर्नर नियुक्तिको समस्या समाधानका लागि सत्ता साझेदार दलका प्रमुख नेताहरूबीच सहमति भएकाले चाँडै नियुक्त हुने बताउनुभयो ।

    मंगलबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएर समस्याको समाधान गर्ने भनेर सहमती भएको बताउँदै उहाँले संयन्त्रको बैठकले नीतिगत मार्गदर्शन गर्ने बताउनुभयो । गभर्नरजस्तो महत्त्वपूर्ण पदमा सबै दलको चासो हुनु स्वभाविक भएको उहाँको भनाई छ ।


    बुधवार, बैशाख ३ २०८२०५:५१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij