Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

बाबुराम भट्टराई तर्क - कांग्रेस र कम्युनिस्ट एक रुखका दुई हाँगा हुन

बाबुराम भट्टराई तर्क - कांग्रेस र कम्युनिस्ट एक रुखका दुई हाँगा हुन

  • बुधवार, बैशाख ३ २०८२

  • 371
    SHARES

  • बाबुराम भट्टराई तर्क - कांग्रेस र कम्युनिस्ट एक रुखका दुई हाँगा हुन

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रमा कांग्रेस र कम्युनिस्ट एक रुखका दुई हाँगा भएको बताउनुभएको छ ।

    काठमाडौंमा आज आयोजित उक कार्यक्रममा भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र आएसकेपछि कांग्रेस र कम्युनिस्ट रुखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो ।

    कार्यक्रममा अध्यक्ष भट्टराईले अहिले विभिन्न ढंगले प्रतिगामीहरु सल्बलाउँदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्ने बताउनुभयो । यस्तो बेला गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वान गर्दै उहाँले दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिने बताउनुभयो ।

    राजनीतिक बाङ्गोटिङ्गो हुँदै अघि बढ्ने प्रक्रिया भए पनि लोकतन्त्र नै प्रमुख कुरा भएको उहाँको भनाई छ ।


    बुधवार, बैशाख ३ २०८२०२:३४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij