Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सत्तारुढ प्रमुख दलको उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बस्दै

सत्तारुढ प्रमुख दलको उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बस्दै

  • बुधवार, बैशाख ३ २०८२

  • 471
    SHARES

  • सत्तारुढ प्रमुख दलको उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बस्दै

    काठमाडौं । सत्तारुढ प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्र र कार्यदलको छुट्टाछुट्टै बैठक बोलाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्यलाई लिएर अनेक आशङ्का उत्पन्न भइरहेका बेला संयन्त्र र कार्यदलको बैठक बोलाइएको हो ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझ ५ बजे कार्यदलको बैठक बोलाइएको छ । त्यसपछि साढे ६ बजे उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ । दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछन् ।

    यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा गभर्नर नियुक्ति, महत्त्वपूर्ण निकायमा सरुवा बढुवा, शिक्षक आन्दोलन र सरकारको डेलिभरीलाई लिएर दुई नेताबिच कुराकानी भएको बताइएको थियो ।

    कार्यदलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहने छ, भने कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा हुनुहुन्छ । यी नेतासहित संयन्त्रमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहनुभएको छ ।


    बुधवार, बैशाख ३ २०८२०२:२०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij