Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सरकार कुनै पनि हालतमा ढल्दैनः वर्तौला

सरकार कुनै पनि हालतमा ढल्दैनः वर्तौला

  • बुधवार, बैशाख ३ २०८२

  • 602
    SHARES

  • सरकार कुनै पनि हालतमा ढल्दैनः वर्तौला

    काठमाडौं। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले वर्तमान सरकारमा कुनै पनि समस्या नरहेको दाबी गरेको छ। सत्ता गठवन्धनभित्र असन्तुष्टी बढेकोले सरकार नै ढल्न थालेको भन्ने चर्चा चलेपछी एमाले प्रमुख सचेतक महेश वर्तौलाले त्यसको खण्डन गर्नुभएको हो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै वर्तौलाले मुलुक अस्थिरतामा फसेपछी निकास दिन मुलुकका दुईठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले सातबुँदे सहमती गरेर सरकार बनाएकोले अहिले सरकार परिवर्तन हुने कुरामा कुनै सत्यता नरहेको दाबी गर्नुभयो।

    प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनावश्यक रुपमा देशलाई थप अस्थिरतामा लैजान खोजेर सरकार परिवर्तन गर्ने दिवास्वप्न लिएर हिँडेपनि पुरा नहुने बताउनुभयो। कांग्रेसभित्र पछिल्लो समय देखिएको असन्तुष्टि पनि गठबन्धन विरोधी नभै थप थप सुदृढ बनाउने विचार रहेको बताउनुभयो।

    उहाँले देशमा समस्या नै नरहेको नभै ती समस्या समाधानमा कांग्रेस एमाले दुबै दल जिम्मेवार रहेको जिकिर गर्नुभयो । उहाँले शिक्षकहरुको माग र आन्दोलन सम्बोधनगर्न संसद अधिवेशन आह्वान गरिएकोले छिट्टै ऐन जारी हुने बताउनुभयो।


    बुधवार, बैशाख ३ २०८२०९:३५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij