Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनभित्र संशय पैदा,कांग्रेस नेताहरुको असन्तुष्टि र प्रचण्डको ढोक्साले ओली त्रसित, राजनैतीक संयन्त्र र कार्यदलको बैठक बोलाउने तयारी (खासखबर)

सत्ता गठबन्धनभित्र संशय पैदा,कांग्रेस नेताहरुको असन्तुष्टि र प्रचण्डको ढोक्साले ओली त्रसित, राजनैतीक संयन्त्र र कार्यदलको बैठक बोलाउने तयारी (खासखबर)

  • मंगलवार, बैशाख २ २०८२

  • 1.2K
    SHARES

  • सत्ता गठबन्धनभित्र संशय पैदा,कांग्रेस नेताहरुको असन्तुष्टि र प्रचण्डको ढोक्साले ओली त्रसित, राजनैतीक संयन्त्र र कार्यदलको बैठक बोलाउने तयारी (खासखबर)

    काठमाडौं। सरकार गठनको ९ महिनामै सत्ता गठबन्धनभित्र संशय पैदा भएको छ। मुलुकका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतीमा एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार गठन भएको ९ महिना मात्रै पुरा हुँदा यीनै दुईदलबिच चिसो उत्पन्न भएको हो।

    चौतर्फी रुपमा प्रधानमन्त्री ओली र सरकारविरुद्ध आक्रोश तथा विरोध बढ्दै गएपछी सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसभित्रैबाट पनि सरकारले आलोचना बढ्न थालेपछी यतिबेला सरकार संकट उन्मुख देखिएको हो। यसले एमाले र कांग्रेस वृत्तमा विभिन्न कोणबाट विमर्श भइरहेको छ।

    पछिल्लो समय कांग्रेसमा शिर्ष नेताहरुकै तहबाट पनि सरकारले उदेश्य र सहमतीअनुसार काम नगर्दा सरकार बनेको ९ महिना पुरा हुँदासम्म पनि सोचेअनुसारको परिणाम दिन नसकेको तथा मन्त्रीहरुले पनि अपेक्षित प्रतिफल दिन नसकेको, देश र जनताभन्दा बढी आँफु र आफ्नो पार्टीहित केन्द्रित निर्णय गर्न थालेको, पछिल्लो समय भैरहेका आन्दोलन र प्रदर्शनप्रति जिम्मेवार नबनेको, सिमित व्यक्तिहरुको हितमा कुलमानलाई बर्खास्त गरेको, त्रीविमा भीसिलाई राजिनामा दिन वाध्य पारेको, जसकारण जनमानसमा थप अनसन्तुष्टि र आक्रोश बढेको र यसको जवाफ कांग्रेसले दिनुपर्दा थप आलोचीत बन्नु परेको भन्दै विरोध बढेपछी ओली सरकार त्रसित बनेको छ।

    यही समयमा उता फेरी कांग्रेस एमालेको नेतृत्वमा सरकार बनेपछी सत्ताच्युत हुँदै प्रधानमन्त्रीबाट एकाएक प्रतिपक्षीमा उछिट्टिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालसालै सरकार परिवर्तनसम्बन्धी दिएका २ अभिव्यक्तिले थप तरङ्ग बढेको छ।

    जसकारण केही दिन राजधानी बाहिरै बिताउने योजनाका साथ गृहजिल्ला झापा पुग्नुभएका प्रधानमन्त्री ओली भोलिपल्टै काठमाडौं फर्किएर आज सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर गठबन्धनको आयु,कांग्रेस नेताहरुको असन्तुष्टिलगाएतका विषयमा छलफल गर्नुभयो भने राजनैतिक संयन्त्र र कार्यदलको बैठक बोलाएर छलफल गर्नसमेत फकाउनु भयो। यद्यपी, मनमा डरले ढ्याङ«ो ठोकिसकेका एमाले नेताहरु भने अझैपनि सरकारमा कुनै समस्या नरहेको दावी गर्दै आएका छन्।

    तर उता आँफुलाई सत्ताच्युत गराएर प्रधानमन्त्री बनेका ओलीको बदला लिने रणनीति बुनेर बिनासर्त देउवालाई प्रधानमन्त्री बनाउन सघाउन तयार बनेका प्रचण्डले फेरी केहीदिनमै सरकार फेरिने गरी कांग्रेस नेताहरुसँग छलफल चलिरहेको बताउनुभएको छ। अहिले सरकारकै गैरजिम्मेवारीले अहिले दैनिक सडकमा आन्दोलन र प्रदर्शन भैरहेकोले अब माओवादीले सुरुमै भनेजस्तै गरेर ठुलो दलको नेता प्रधानमन्त्री बन्नेगरी नयाँ सरकार बन्ने बताउनु भयो ।

    यहि क्रममा फेरी सत्तारुढ कांग्रेसका महामन्त्री एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य गगन थापाले पनि जुन हुटहुटीले सरकार बन्यो त्यसअनुसार प्रधानमन्त्रीसँगै मन्त्रीहरुले पनि नतिजा दिन नसकेको बताउनुभयो।
    सुरुवाती चरणमा सरकारलाई सफल बनाउन आँफु जोतिएर लागेको र देशलाई दैनिक नतिजा चाहिएको अवस्थामा सरकारले लय नसमातेर ट्याक्टरको गतिमा हिडेपछी अहिले आलोचना खानुपर्दा त्यसलाई कसरी चिर्ने भन्ने अन्यौल बढेको बताउनुभयो।

    यस्तै कांग्रेसकै वरिष्ठ नेता शेखर कोइरालाले पनि पटकपटक सरकार सुशासनका मामलामा असफल भैसकेको बताउँदै आउनु भएको छ। कांग्रेस र एमालेको सरकार बनेपछी देशको अवस्था भयावह बन्दै गएको र सुशासन पटक्कै नरहेको भन्दै उहाँले सरकार पनि एमालेको मात्रै एकलौटी जस्तो देखिएको र कार्यशैलिले कांग्रेसलाई मात्रै बदनाम गरेको बताउनुभयो।

    यसरी कांग्रेसभित्रै बढेको असन्तुष्टि एकातिर त अर्कातिर एकाएक सत्ताच्युत भएका छटपटिएका प्रचण्डको बिनासर्त थापेको ढोक्सा देख्दा यतिबेला एमाले वृत्तमा चिसो पसेको मात्रै छैन स्वयं प्रधानमन्त्री ओली नै सबैभन्दा बढी त्रसीत बन्नुभएको छ।

    हिजो सचिवालय बैठक नै बसेर गठबन्धनमा समस्या नरहेको तर सरकारले गर्नुपर्ने धेरै काम रहेकोले थप तिब्रता भने दिनुपर्ने निष्कर्ष निकालेको भन्दै उपमहासचिव प्रदिप ज्ञवालीले प्रचण्डको अभिव्यक्ति सत्ताप्रतिको आशक्ति मात्रै रहेकोले सफल नहुने दावी गर्नुभयो।

    बढ्दो राजनैतिक अस्थिरताले मुलुक समस्यामा परेकोले निकाश दिने भन्दै विभिन्न ७ बुँदे सहमती गरी मुलुकका दुई ठुला दल कांग्रेस र एमाले मिलेर बनाएको सरकार आफ्नै कार्यशैलिले ९ महिनामै संशयमा पुग्नु भनेको लज्जास्पद कुरा हो। यदी फेरी पनि सरकार फेरबदल हुने अवस्था आउने हो भने आम जनतामा बढ्दो असन्तुष्टि चुलिँदै जाने मात्रै होइन देश नै थप दलदलमा भाँसिदै जान्छ।

    तसर्थ सरकारमा सहभागी दल,प्रधानमन्त्री, मन्त्री तथा सम्बद्ध सबै जिम्मेवार बन्न र कार्यशैलि सुधारेर देशदलाई अस्थिरताको दलदलबाट बाहिर निकाल्न तथा सर्वसाधरमा बढ्दो आक्रोश र असन्तुष्टि अन्त्य गर्न जरुरी छ।।


    मंगलवार, बैशाख २ २०८२०८:३१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij