Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

गौरादह नगर अस्पतालको प्रधानमन्त्रीद्वारा शिलन्यास

गौरादह नगर अस्पतालको प्रधानमन्त्रीद्वारा शिलन्यास

  • आइतवार, चैत्र ३१ २०८१

  • 402
    SHARES

  • गौरादह नगर अस्पतालको प्रधानमन्त्रीद्वारा शिलन्यास

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले अस्पतालको शिलान्यास गर्नुभएको हो ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनतालाई समेत उपचारको सुविधा दिनसक्ने दाबी गर्नुभएको छ । आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताउनुभयो ।

    मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु हुन सकेको थिएन ।


    आइतवार, चैत्र ३१ २०८१०४:३६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij