Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज पनि संवाद हुँदै

आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज पनि संवाद हुँदै

  • आइतवार, चैत्र ३१ २०८१

  • 391
    SHARES

  • आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज पनि संवाद हुँदै

    काठमाडौं । शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच संवाद जारी छ । शिक्षा मन्त्रालयका उच्च तहका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु भएको संवाद शनिवार पनि चलेको थियो । आज पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ ।

    शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले संवाद सकारात्मक भएको बताउँदै हिजो भएको संवाद सकारात्मक भएपनि निष्कर्षमा पुग्न नसकेको बताउनुभयो ।
    उहाँका अनुसार शिक्षकका मागबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले मन्त्रिपरिषदबाट गर्न सक्ने निर्णयबारे ब्रिफिङ गर्दै आइतबार अर्थ मन्त्रालयसँग बसेर छलफल गर्ने र पुनः शिक्षक महासंघसँग छलफल गर्ने बताएका थिए ।

    शिक्षकहरुले राखेका मागबारे मन्त्रिपरिषद्बाट निर्णय भएमा र शिक्षा ऐन जारी गर्ने सुनिश्चितता भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने पराजुलीले बताउनुभयो । संसदको अबको अधिवेशन सुरु भएको पहिलो साता नै विधेयक पेस गर्ने सत्तारुढ दलहरूले बताउँदै आएका छन् । यसमा विश्वासिलो आधार शिक्षकहरूले खोजेका छन् ।

    शिक्षा ऐन प्रक्रियाबाट आउने वातावरण बनिसकेको दाबी मन्त्रालयको छ । तर महासंघले शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म आन्दोलन जारी रहने बताएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन जारी गर्न शिक्षक महासंघले भनिरहेको छ ।


    आइतवार, चैत्र ३१ २०८१११:५४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij