Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

०८१ साल नेपाली राजनीतिका उत्साहवर्द्धक नरहेको प्रचण्डको टिप्पणी

०८१ साल नेपाली राजनीतिका उत्साहवर्द्धक नरहेको प्रचण्डको टिप्पणी

  • आइतवार, चैत्र ३१ २०८१

  • 362
    SHARES

  • ०८१ साल नेपाली राजनीतिका उत्साहवर्द्धक नरहेको प्रचण्डको टिप्पणी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८१ साल नेपाली राजनीतिका लागि मिश्रित उत्साहवद्र्धक नरहेको टिप्पणी गर्नुभएको छ ।
    आज चितवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले १०८१ सालमा केही सकारात्मक र केही नकारात्मक कामहरु भएको बताउनुभयो । राजनीतिक दलहरूलाई राम्रो काम गर्न २०८१ ले ०८२ लाई आधार दिएको बताउँदै उहाँले नयाँ वर्षमा आफुले सरकारतिर ध्यान नभएको बताउनुभयो ।

    ‘नयाँ सरकारतिर हाम्रो त्यति ध्यान छैन तर परिस्थिति यस्तो बन्दैछ कि यो सरकार अगाडि जान सहज छैनन् भन्ने कुरा पनि देखिइरहेको छ’, प्रचण्डको भनाइ छ । उहाँले चौतर्फी असन्तुष्टि र आक्रोश बढेको भन्दै शिक्षकहरू, डाक्टर, लघुवित्त पीडित, सहकारी पीडितहरू आन्दोलनमा रहेको भन्दै सबै राजनीतिक दलहरू पनि झन्डै झन्डै सडकमै रहेको पनि बताउनुभयो ।

    परिस्थिति निकै गम्भीर र पेचिलो बनेकाले नयाँ वर्षले केही न केही निकास लिएर आउँनेमा आफु विशवस्त रहेको समेत बताउनुभयो ।


    आइतवार, चैत्र ३१ २०८१११:३९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij