Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

पत्रकार र मिडियालाई नचिन्ने मिडिया विद्येयक स्वीकार्य छैन् - शिव लम्साल

पत्रकार र मिडियालाई नचिन्ने मिडिया विद्येयक स्वीकार्य छैन् - शिव लम्साल

  • शुक्रवार, चैत्र २९ २०८१

  • 551
    SHARES

  • पत्रकार र मिडियालाई नचिन्ने मिडिया विद्येयक स्वीकार्य छैन् - शिव लम्साल

    काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपालको पत्रकारिता श्रमजिवीहरुको सही सदुपयोगमा नपरेको खण्डमा सडकमा आन्दोलन गर्ने र भाषण गर्नेहरुले मात्रै विकास गर्न नसक्ने बताउनुभएको छ । आजबाट आजबाट सुरु नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को आठौं संघिय महाधिवेशनमा बोल्दै उहाँले न्यूजरुममा काम गर्ने पत्रकारहरुका लागि भाषाको समस्या रहेको बताउँनुभयो । उहाँले राज्यले पत्रकारहरुलाई चौथो अंक हो भनेर भन्ने गरेको बताउँदै राज्य चौथो अंगमाथी गरेको लगानीको हिसाव गर्ने बेला भएको बताउनुभयो ।

    यस्तै उहाँले राज्यले पत्रकारका लागि दिने विज्ञापन तथा अन्य रकम केही सिमती संञ्चारगृह र ठुला सम्पादकका लागि मात्रै खर्च गर्ने गरेको भन्दै उहाँ फोनिजले यसको पनि समिक्षा गर्ने बेला भएको बताउनुभयो ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा सुरु भएको छ । शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालय हलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । फोनिजको आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


    शुक्रवार, चैत्र २९ २०८१०४:२४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij