Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने सरकारको तयारी

वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने सरकारको तयारी

  • शुक्रवार, चैत्र २९ २०८१

  • 400
    SHARES

  • वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने सरकारको तयारी

    काठमाडौं । काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताउनुभएको छ । शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । 

    सरकारले वैदेशिक रोजगार ऐन श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको बताउँदै उहाँले कानुनहरूलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्नको लागि सरकार र निजी क्षेत्रबिच समन्वय हुन आवश्यक रहेको बताउनुभयो ।

    घरेलु कामदारको रूपमा वैदेशिक रोजगारमा जान निषेध गर्ने निर्णय समेत खारेज गरिसकेको र वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको उहाँको दाबी छ ।


    शुक्रवार, चैत्र २९ २०८१०३:३७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij