Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सरकार र शिक्षकहरूबिच भएको छलफल सकियो

सरकार र शिक्षकहरूबिच भएको छलफल सकियो

  • बिहिवार, चैत्र २८ २०८१

  • 394
    SHARES

  • सरकार र शिक्षकहरूबिच भएको छलफल सकियो

    काठमाडौं । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच भएको छलफल सकिएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच छलफल बिहीबार छलफल भएको थियो ।

    नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले आफुहरुले माग राखेको बताए । छलफलमा आज कोही पनि शिक्षक नबोल्ने सहमति भएको थियो । सोही आधारमा मन्त्री तथा आन्दोलनरत शिक्षकहरूले छलफलमा के भएको थियो भन्ने विषयमा कोही पनि बोल्न चाहेनन् । शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् ।

    यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन् । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।


    बिहिवार, चैत्र २८ २०८१०७:५३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij