काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराई र शिक्षक महासंघका पदाधिकारीबीच मन्त्रालयमा छलफल जारी छ । ५ बजेबाट छलफल भइरहेको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार छलफलमा मन्त्रीसहित मन्त्रालयका सचिव दीपक काफ्ले र अन्य दुई पदाधिकारी छन् । यस्तै शिक्षक महासंघको तर्फबाट सह अध्यक्ष नानुमाया पराजुली र अन्य ३ जना पदाधिकारीबीच छलफल भइरहेको छ ।
शिक्षा मन्त्रालयका सूचना तथा गुनासो सुन्ने अधिकारी, उपसचिव नीलकण्ठ ढकालका अनुसार आजको छलफलमा शिक्षकको माग सम्बोधन गर्नका लागि विभिन्न विकल्पहरूको बारेमा पनि कुराकानी भएको छ ।
देशभरका शिक्षकहरू २० चैतदेखि काठमाडौंमा सडक आन्दोलनमा रहेका छन् । गत सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा समेत भएको छ । अहिले विद्यालयमा विद्यार्थी भर्नाको कार्यक्रम सुरु हुन लागेको छ ।