Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन सुधार र समावेशी प्रतिनिधित्वका विषयमा ध्यान दिने गृहमन्त्री लेखकको प्रतिबद्धता

निर्वाचन सुधार र समावेशी प्रतिनिधित्वका विषयमा ध्यान दिने गृहमन्त्री लेखकको प्रतिबद्धता

  • बिहिवार, चैत्र २८ २०८१

  • 357
    SHARES

  • निर्वाचन सुधार र समावेशी प्रतिनिधित्वका विषयमा ध्यान दिने गृहमन्त्री लेखकको प्रतिबद्धता

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्वाचन सुधार र समावेशी प्रतिनिधित्वका विषयमा ध्यान दिने प्रतिबद्धता जनाउनुभएको छ। नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहितको समूहले आज बुझाएको ज्ञापन पत्र बुझ्दै उनले निर्वाचन सुधार र समावेशी प्रतिनिधित्वको विषयमा ध्यान दिने प्रतिबद्धता जनाउनुभएको हो ।

    निर्वाचन विधेयकमा धेरै कुरा थप पर्ने बताउँदै गृहमन्त्री लेखकले सल्लाह, सुझाव लिने काम भइरहेको बताउनुभयो । निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको र जनताले चाहेको प्रतिनिधिलाई जिताउने अधिकार जनताकै हातमा रहेको स्पष्ट पार्दै ज्ञापनपत्रमा प्रस्तुत केही बुँदालाई थप गरी उहाँले संसद्मा लैजाने बताउनुभएको छ । सरोकारवालापक्षको सुझावलाई आत्मसात गरेर थप गर्ने मन्त्री लेखकको भनाई छ ।

    निर्वाचन सुधार र समावेशी प्रतिनिधित्व माग गर्दै मञ्चले बुझाएको २१ बुँदे ज्ञापनपत्रमा एकीकृत निर्वाचन विधेयकमा दलित, महिला, अपाङ्गता भएका व्यक्ति, यौनिक र लैङ्गिक अल्पसङ्ख्यकलगायत सीमान्तकृत समुदायको मुद्दा समेट्नुपर्ने उल्लेख छ ।

    मञ्चका अध्यक्ष विश्वकर्माले गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाउँदै ‘जसको जति जनघनत्व, उसको त्यति प्रतिनिधित्व’ भन्ने सिद्धान्तको माग गर्दै संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी निर्वाचन प्रणालीलाई अवलम्बन गर्न ध्यानाकर्षण गराउनुभयो । विधेयकमा उल्लेखित केही प्रावधानले सामाजिक न्यायको सिद्धान्तमा आँच पु¥याएको र संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणमा चुनौती खडा गरेको महसुस भएको बताउनुभयो ।


    बिहिवार, चैत्र २८ २०८१०७:२७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij