Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

८४ को आमनिर्वाचनअघि पार्टीको महाधिवेशन हुने महामन्त्री थापाको दाबी

८४ को आमनिर्वाचनअघि पार्टीको महाधिवेशन हुने महामन्त्री थापाको दाबी

  • बिहिवार, चैत्र २८ २०८१

  • 522
    SHARES

  • ८४ को आमनिर्वाचनअघि पार्टीको महाधिवेशन हुने महामन्त्री थापाको दाबी

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताउनु भएको छ । बिहीबार काठमाडौंमा कांग्रेस क्षेत्र नम्बर २ को दोस्रो प्रदेश सम्मेलनमा बोल्दै थापाले पार्टीको महाधिवेशनका विषयमा कोही अलमलिनु नपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको हो ।

    पार्टीको महाधिवेशन छिटो गर्न पाइने तर पछि सार्न नपाइने उहाँको भनाई छ । थापाले महाधिवेशन लगतै विभिन्न निर्वाचन आउने भएकाले तयारीमा जुट्नुपर्ने उल्लेख गर्दै उहाँले स्थानीयले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताउनुभयो ।

    संघीयता कार्यान्वयनलागि आवश्यक कानून समयमा बन्न नसकेकाले समस्या देखिएको र कानून निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री थापाले नेपालको राजा कसैले पनि धोएर वा सफा गरेपनि संवैधानिक बनाउन नसक्ने दाबी गर्नुभयो ।


    बिहिवार, चैत्र २८ २०८१०२:३८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij