काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ४ बजे बस्नेछ ।
सहकारीमा ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि रास्वपाले आफ्नो दिशा तय गर्न बैठक बोलाएको हो ।
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको गतिविधिबारे छलफल गर्न बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो । बैठकमा पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधिबारेमा छलफल हुने उहाँले बताउनुभयो ।
बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।