Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

राप्रपाका नेता रवीन्द्र र धवल शमशेर अझै १५ दिन प्रहरी हिरासतमा रहने

राप्रपाका नेता रवीन्द्र र धवल शमशेर अझै १५ दिन प्रहरी हिरासतमा रहने

  • मंगलवार, चैत्र २६ २०८१

  • 433
    SHARES

  • राप्रपाका नेता रवीन्द्र र धवल शमशेर अझै १५ दिन प्रहरी हिरासतमा रहने

    काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा अझै १५ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

    जिल्ला अदालत काठमाडौंले दुवैजनाविरूद्ध राज्यविरूद्धको अपराध थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो । अन्यका हकमा अदालतले २० दिनको म्याद दिएको छ । अन्यविरुद्ध संगठित अपराध र आपराधिक उपद्रो अभियोगमा मुद्दा चलाइँदैछ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले मिश्र र प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितलाई थप १५ दिन हिरासतमा राख्ने अनुमति दिएको जानकारी दिनुभयो । मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई म्याद थप भएको बताउनुभयो ।

    गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकामाथि मुद्दा अघि बढिसकेको छ । चैत १५ गते राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई राज्यविरुद्ध अभियोगमा मुद्दा चलाइँदैछ । तीनकुनेमा प्रहरीमाथि ढुंगा हान्न खटिएका कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका थिए ।

     


    मंगलवार, चैत्र २६ २०८१०५:४९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij