Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको लिङदेनको आरोप

दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको लिङदेनको आरोप

  • मंगलवार, चैत्र २६ २०८१

  • 490
    SHARES

  • दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको लिङदेनको आरोप

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते भएको राजावादीको प्रदर्शनका क्रममा नेतृत्व गरेकामध्ये एक दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको आरोप लगाउनु भएको छ ।

    बल्खुमा आज आयोजित राप्रपाको प्रदर्शन र आमसभालाई सम्बोधनका क्रममा प्रसाईं भगाउनमा सरकारकै हात रहेको लिङ्देनले बताउनुभयो । चैत १५ गते तीनकुनेमा प्रहरीलाई किच्ने गरी गाडी चलाउँदै आएका प्रसाईंलाई किन तत्काल पक्राउ नगरिएको भन्दै उहाँले प्रहरीको ब्यारिकेड तोड्दै अघि बढेका प्रसाइलाई सरकारले नै त्यहाँबाट भगाएको बताउनुभयो । प्रसाईंलाई नियन्त्रणमा नलिई भगाएका प्रहरीले त्यही बेला कार्यक्रम भइरहेको मञ्चमा भने अश्रुग्यास र गोली हान्ने काम गरेको समेत उहाँको दाबी छ ।

    लिङ्देन तीनकुने घटनाका क्रममा आफूहरूका केही नेतालाई थुनिएको बताउँदै राप्रपा त्यसबाट बिचलित नभएको बताउनुभयो ।


    मंगलवार, चैत्र २६ २०८१०५:४५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij