Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

‘उपयुक्त समयमा संविधान संशोधन हुन्छ’ - प्रधानमन्त्री ओली

‘उपयुक्त समयमा संविधान संशोधन हुन्छ’ - प्रधानमन्त्री ओली

  • मंगलवार, चैत्र २६ २०८१

  • 316
    SHARES

  • ‘उपयुक्त समयमा संविधान संशोधन हुन्छ’ - प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताउनुभएको छ । आज मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि गृहकार्य भइरहेको बताउनुभएको हो । उहाँले उपयुक्त समयमा संविधान संशोधनका लागि एउटा समिति बनाएर अगाडि बढ्ने समेत प्रस्ट पार्नुभयो ।

    बेलाबखतमा संविधान संशोधन भइरहने कुरा स्वभाविक भएको बताउँदै उहाँले संविधानलाई बलियो बनाउन, अहिलेको व्यवस्थालाई मजबुत बनाउन संशोधन गर्न लागेको बताउनुभयो । सर्वपक्षीय सहमतिका माध्यमबाट यो काम हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । एक घण्टाभन्दा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले यही व्यवस्थालाई मजबुत बनाउनका लागि अहिलेको सरकार र गठबन्धन निर्माण भएकाले ०८४ को चुनावसम्म यही समीकरण कायम हुने दाबी पनि गर्नुभएको छ ।

    देशको समस्या समाधान गर्नका लागि दुई ठुला पार्टीले सरकार बनाएकाले यो सरकार कसैले चाहेर पनि नहल्लिने उहाँको भनाई छ । पूर्वराजालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अब मुलुकमा राजतन्त्रको कल्पना पनि गर्न नसकिने बताउँदै गणतन्त्र यो देशको वर्तमान र भविष्य दुवै भएको दाबी गर्नुभयो ।

    यस्तौ मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ भएको चर्चा गर्दै यस्तो भूमिबाट हामीले अहिलेसम्म के उपलब्धि हासिल ग¥यौँ, त्यसबारे गहन चर्चा गर्न जरुरी रहेको औँल्याउनुभयो । यस्तै उहाँले भारत र चिनलाई लक्षित गर्दै सिसाको गिलास फुट्दैमा सम्बन्ध खराब नहुने भएकाले छिमेकी देशसँग नेपालको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।


    मंगलवार, चैत्र २६ २०८१०४:३५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij