Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु

‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु

  • मंगलवार, चैत्र २६ २०८१

  • 562
    SHARES

  • ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु

    काठमाडौं । नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयका अनुसार सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।

    जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गरिने अर्थ मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ‘ग्रे लिष्ट’मा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताउनुभयो ।

    यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताउँदै इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सकिने धारणा राख्नुभएको छ । महान्यायाधिवक्ता रमेश बडालले पनि सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताउनुभयो । मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी रहेको भन्दै प्रविधिलाई जोड दिएर कार्य योजना अनुसार काम गर्दा नेपाल ‘ग्रे लिष्ट’बाट बाहिर आउन सक्ने बताउनुभयो । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्ने भन्दा कार्य योजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताउनुभयो ।


    मंगलवार, चैत्र २६ २०८१०४:२९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij