काठमाडौं । काठमाडौं केन्द्रित आन्दालेनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुनः आह्वान गरेका छ । आज एक सुचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दालेनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा २०८१-१२-२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका आग्रह गरिएको छ ।
यसअघि पनि सरकारले वार्तामा आउनका लागि शिक्षकहरुलाई आह्वान गरेको थियो । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।