काठमाडौं । राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिनुभएको छ ।
राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन शाहीले यस्तो चेतावनी दिनुभएको हो । उहाँले आफ्नो पार्टीका नेताहरूलाई थुनिएको तर तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि भएको भन्दै गणतन्त्रवादीहरूले विभिन्न भ्रष्टाचार काण्ड मच्चाएको बताउनुभयो ।
शाहीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका ठाउँमा राजा राख्दैनन् भने कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन उहाँले समर्थकहरूलाई आग्रह समेत गर्नुभएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले जनता सडकमा आएको दिन बङ्गलादेशको हालत हुने बताउनुभएको छ । राज संस्था फर्काउने आन्दोलन राप्रपाको मात्र नभएर सबै नेपाली जनताको भएको दाबी गर्दै यो आन्दोलन नेपाली जनताहरूको अन्यायको आन्दोलन भएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले छानी छानी मान्छेलाई गोली चलाउन आदेश दिएको बताउँदै सिंहले यसको मूल्य महँगो पर्ने चेतावनी दिनुभयो ।