Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

चुनावअघि नै पार्टीको महाधिवेशन हुन्छ - महामन्त्री थापा

चुनावअघि नै पार्टीको महाधिवेशन हुन्छ - महामन्त्री थापा

  • सोमवार, चैत्र २५ २०८१

  • 655
    SHARES

  • चुनावअघि नै पार्टीको महाधिवेशन हुन्छ - महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ । नेपाल थारु संघको आज तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताउनुभएको हो ।

    संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन बताउँदै महामन्त्री थापाले कसैले चुनावपछि हुन्छ भन्यो भने त्यो विधि, संविधान र कानुनविपरीत हुने बताउनुभयो ।

    महामन्त्री थापाले २०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने पनि बताउनुभएको छ । उहाँले पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई । संवैधानिक राजतन्त्र ल्याउन नसकिने उल्लेख गर्दै महामन्त्री थापाले सङ्घीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

    सरकारले जनमैत्री काम गरेमा पछिल्लो समय युवापुस्तामा देखिएको असन्तुष्टि पनि हट्ने थापाले बताउनुभयो । देशमा केही हुँदैन की भन्ने भनेर नागरिकमा पछिल्लो समय चिन्ता बढेको बताउँदै उहाँले सरकारमा बस्ने व्यक्तिले आचरण सुधार गर्नुपर्ने, ब्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताउनुभयो ।


    सोमवार, चैत्र २५ २०८१०३:२९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij