Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बार निर्वाचनको मतगणना आज सुरु हुने

बार निर्वाचनको मतगणना आज सुरु हुने

  • सोमवार, चैत्र २५ २०८१

  • 641
    SHARES

  • बार निर्वाचनको मतगणना आज सुरु हुने

    काठमाडौं। नेपाल बार एसोसिएसनको मतगणना आज शुरु हुँदैछ। गत शनिवार सम्पन्न निर्वाचनको आज बिहान १० बजे बैठक बसेर दिउँसो १२ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ।

    प्रमुख निर्वाचन अधिकृत रामकृष्ण निरलाका अनुसार सबै बुथ संकलन भइसकेपछि मत गणना सुरु गर्न लागिएको हो। काठमाडौँ स्थित बारको कार्यालयमै मतगणना गरिनेछ। मतगणना सक्न ३ देखि ४ दिन सम्म लाग्न सक्ने अनुमान छ।

    बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको चयनका लागि शनिबार मतदान भएको थियो। काठमाडौँ र बाहिर गरी ३६ वटा केन्द्रमा मतदान भएको हो। २५ पदका लागि ५७ जना चुनावी मैदानमा छन्।

    नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्।


    सोमवार, चैत्र २५ २०८१०९:२४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij