Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

ओली नेतृत्वको सरकारका करण प्रतिगामीले टाउको उठाए - प्रचण्ड

ओली नेतृत्वको सरकारका करण प्रतिगामीले टाउको उठाए - प्रचण्ड

  • आइतवार, चैत्र २४ २०८१

  • 545
    SHARES

  • ओली नेतृत्वको सरकारका करण प्रतिगामीले टाउको उठाए - प्रचण्ड

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारका करण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाउनुभएको छ।

    आज काठमाडौँमा नेवार राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओली सरकारको अलोकतान्त्रिक, अपारदर्शी तथा असंवैधानिक कामका कारण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगायनुभयो ।

    प्रतिगामी शक्तिले टाउको उठाउने मुख्य कारण कांग्रेस एमाले नेतृत्वको गठबन्धन सरकार भएको बताउँदै उहाँले वर्तमान सरकारले आफ्ना जतिसुकै भ्रष्ट भएपनि जोगाउने, अन्यका जतिसुकै राम्रो भएपनि लखेट्ने प्रवृती देखाएको बताउनुभयो । सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै विचौलीय र भ्रष्ट दलालहरुले षड्यन्त्रपूर्वक आफु नेतृत्वको सरकार ढालिएको प्रचण्डको दावी छ ।

    उहाँले माओवादी बेलाबेला प्रतिक्रियावादीको ट्रयापमा परेपनि मुल मुद्दा नछोडेको जिकिर गर्नुभयो ।


    आइतवार, चैत्र २४ २०८१०५:३२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij