Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

विगतमा मिल्काइएको पात्रको कुरा गर्ने समय होइन् - महामन्त्री थपा

विगतमा मिल्काइएको पात्रको कुरा गर्ने समय होइन् - महामन्त्री थपा

  • शनिवार, चैत्र २३ २०८१

  • 363
    SHARES

  • विगतमा मिल्काइएको पात्रको कुरा गर्ने समय होइन् - महामन्त्री थपा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गर्नुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०—०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गर्नुभयो ।

    उहाँले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताउनुभयो । अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने, आइटीको एन्फ्रास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।

    महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेको बेला पनि आईटी क्षेत्रले आशा देखाएको बताउँदै आईटी क्षेत्रमा नेपाललाई धेरै अवसर रहेको बताउनुभयो ।


    शनिवार, चैत्र २३ २०८१०५:४१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij