Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

हरि ढकालले सुनाए, रवि र रास्वपाको अन्तिम इच्छा

हरि ढकालले सुनाए, रवि र रास्वपाको अन्तिम इच्छा

  • शनिवार, चैत्र २३ २०८१

  • 501
    SHARES

  • हरि ढकालले सुनाए, रवि र रास्वपाको अन्तिम इच्छा

    काठमाडौं । रास्वपा सांसद हरि ढकालले ३५ वर्षसम्म देश लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने आफ्नो पार्टी र सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताउनुभएको छ । लामिछानेलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गर्ने क्रममा प्रहरीले ‘अन्तिम इच्छा के छ ?’ भनेर सोधेको प्रसंग कोट्याउँदै ढकालले सो कुरा बताउनुभएको हो ।

    चितवनमा आयोजित पार्टीको जनयात्राको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले किसानको मुहारमा हाँसो ल्याउने, युवा पलायन रोक्ने र रोजगारी सिर्जना गर्ने, दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने, ३५ वर्षसम्म लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने पार्टीको र सभापति लामिछानेको अन्तिम इच्छा रहेको बताउनुभयो ।

    सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बिहान भैरहवा पुर्याइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरका अनुसार उहाँलाई भोली पनि सार्वजनिक विदा परेका कारण सोमबार अदालत खुलेपछि कारागार पठाउने तयारी भएको छ ।

    शुक्रबार राती बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।


    शनिवार, चैत्र २३ २०८१०५:३६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij