Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सय प्रेरणादायी महिलाको सूचीमा सपना रोका मगर पनि

सय प्रेरणादायी महिलाको सूचीमा सपना रोका मगर पनि

  • मंगलवार, मंसिर ९ २०७७

  • 2.0K
    SHARES

  • सय प्रेरणादायी महिलाको सूचीमा सपना रोका मगर  पनि

    काठमाडौं । बेलायती सञ्चारमाध्यम बिबिसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन ।

    बिबिसीले सय महिला कार्यक्रम शृङ्खलाअन्तर्गत प्रकाशित गर्ने प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचीमा सपना परेकी हुन् । बिबिसीले सन् २०१३ देखि यस्तो सूची प्रकाशित गर्दै आएको छ ।

    म्याग्दीकी सपनाले बेवारिसे शवको व्यवस्थापन गर्दै आएकी छिन् । सपनाले अहिलेसम्म करिब तीन सय बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।

    सडकमै अलपत्र अवस्थामा परेका शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना निरन्तर खट्दै आएकी छिन् ।

     


    मंगलवार, मंसिर ९ २०७७०२:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij