काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रबि लामिछानेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत रुपन्देहीको जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाएको हो।
अदालतका सूचना अधिकारी यमप्रसाद बाँस्कोटाका अनुसार न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले आज पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेको हो।