Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

राजावादीको आन्दोलनमा सुरक्षा संयन्त्रको गम्भीर त्रुटि - प्रमुख सचेतक पाण्डे

राजावादीको आन्दोलनमा सुरक्षा संयन्त्रको गम्भीर त्रुटि - प्रमुख सचेतक पाण्डे

  • शुक्रवार, चैत्र २२ २०८१

  • 339
    SHARES

  • राजावादीको आन्दोलनमा सुरक्षा संयन्त्रको गम्भीर त्रुटि - प्रमुख सचेतक पाण्डे

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भीर त्रुटि भएको बताउनुभएको छ ।

    आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दिइएको ? भन्दै प्रश्न समेत गर्नुभयो ।

    अराजकता प्रदर्शन गराउन भूमिका खेल्ने मुख्य योजनाकार सार्वजनिक गर्न समेत माग गर्दै उहाँले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नेभन्दा पनि विद्युत् प्राधिकरण र राष्ट्र बैंकको गभर्नरको पछि मात्र लागेको आरोप लगाउनुभयो ।

    पाण्डेले आन्दोलनरत शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडितहरूका समस्या समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।


    शुक्रवार, चैत्र २२ २०८१०३:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij