काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोरोना भाइरस (कोभिड–१९)का कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा खुल्ला गर्न माग गरेको छ ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल–भारत सीमा नखोल्दा नाकाका मानिसहरुको जीवन कष्टकर भएको भन्दै खुल्ला गर्न माग गरेका हुन् ।
गत चैत १० गतेदेखि सीमा–नाका बन्द हुँदा पूर्वतयारी नगरेको आरोप लगाउँदै जसपाले नाका खोलेर जीवनयापन सहज बनाउन अनुरोध गरेको हो । नेपाल–भारत सीमा नाका खोल्न माग गर्ने जसपा नेपाल पहिलो पार्टी हो ।