Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

सभामुख घिमिरेसहितको नेपाली प्रतिनिधि मण्डल उज्बेकिस्तान प्रस्थान

सभामुख घिमिरेसहितको नेपाली प्रतिनिधि मण्डल उज्बेकिस्तान प्रस्थान

  • शुक्रवार, चैत्र २२ २०८१

  • 369
    SHARES

  • सभामुख घिमिरेसहितको नेपाली प्रतिनिधि मण्डल उज्बेकिस्तान प्रस्थान

    काठमाडौं । अन्तर व्यवस्थापिका सङ्घको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उज्बेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका छन् ।

    सभामुख नेतृत्वको टोली आज बिहान कतार एयरवेजको उडानमार्फत दोहा हुँदै उज्बेकिस्तान गएको हो । प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्याम कुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतम, संघीय सांसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद् सचिवालयका उपसचिव राजु रिमाल रहनुभएको छ ।

    अन्तर व्यवस्थापिका सङ्घको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलन दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत्र २३ गतेदेखि २७ गतेसम्म ताश्केन्टमा हुँदै छ । अन्तर व्यवस्थापिका सङ्घको सभामा सभामुख घिमिरेले ‘सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू’ विषयमा सम्बोधन गर्नुहुने छ।

    सांसद श्याम कुमार घिमिरे र सूर्यमान दोङ तामाङ अन्तर व्यवस्थापिका संघका स्थायी समितिको बैठकमा सहभागी हुनुहुने छ, भने सांसद अञ्जान शाक्यले महिला सांसदहरूको मञ्च र सांसद सोबिता गौतमले युवा सांसदहरूको मञ्चमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

    सभामुख घिमिरेले चैत्र २४ गते हुने असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा ‘बन्दुङ आत्माको ७० वर्षको सम्झनाः बन्दुङ सिद्धान्तहरूको पालना गर्न सांसदहरूको भूमिका’ विषयमा मन्तव्य दिने जनाइएको छ । हउाँले विभिन्न मुलुकका सभामुखहरूसँग साइडलाइन भेटवार्ता पनि गर्ने कार्यक्रम छ।

     


    शुक्रवार, चैत्र २२ २०८१०१:३८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij