Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाको पहिलो चरणमा उपेन्द्र यादवले नेतृत्व गर्ने

सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाको पहिलो चरणमा उपेन्द्र यादवले नेतृत्व गर्ने

  • बिहिवार, चैत्र २१ २०८१

  • 469
    SHARES

  • सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाको पहिलो चरणमा उपेन्द्र यादवले नेतृत्व गर्ने

    काठमाडौं । मधेस केन्द्रित दलहरूले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । मोर्चामा सात दल सहभागी रहने बताइएको छ ।

    मोर्चाको नाम सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा रहने छ । यसअघि आठ दलको मधेसी मोर्चाको तयारी भइरहेको थियो तर यो मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नरहने बताइएको छ ।

    सात दलको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी रहने छ ।

    मोर्चाको आलोपालो नेतृत्व गर्ने बताइएको छ । अहिले पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने सहमति भएको छ ।


    बिहिवार, चैत्र २१ २०८११२:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij