Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र बैंककका वरिष्ठ व्यावसायीहरुबीच भेटवार्ता, के छ आज दिनभरको कार्यतालिका ?

प्रधानमन्त्री ओली र बैंककका वरिष्ठ व्यावसायीहरुबीच भेटवार्ता, के छ आज दिनभरको कार्यतालिका ?

  • बिहिवार, चैत्र २१ २०८१

  • 507
    SHARES

  • प्रधानमन्त्री ओली र बैंककका वरिष्ठ व्यावसायीहरुबीच भेटवार्ता, के छ आज दिनभरको कार्यतालिका ?

    काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैंककमा यहाँका वरिष्ठ व्यावसायीहरुले भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्रीसँगको भेटवार्ताका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू समेत सहभागी छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पाँच दिने थाइल्यान्ड भ्रमणका लागि मंगलबार त्यसतर्फ गएको थियो । थाइल्यान्ड भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता र समझदारी पत्रमा हस्ताक्षरहरू भएका छन् ।

    धानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ । त्यही दिन उहाँले सम्मेलनलाई सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री ओली आज बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक हुनुहुनेछ ।

    शिखर सम्मेलनका क्रममा सदस्य देशका समकक्षी एवम् राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुनेछ ।

    प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवम् विकास सल्लाहकार डा। युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत हुनुहुन्छ । प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।


    बिहिवार, चैत्र २१ २०८१११:१९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij