Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

आजबाट शुरु कक्षा १२ को परीक्षा सहजरुपमा सञ्चालन भएको शिक्षामन्त्री पोख्रेलको प्रतिकृया

आजबाट शुरु कक्षा १२ को परीक्षा सहजरुपमा सञ्चालन भएको शिक्षामन्त्री पोख्रेलको प्रतिकृया

  • मंगलवार, मंसिर ९ २०७७

  • 836
    SHARES

  • आजबाट शुरु कक्षा १२ को परीक्षा सहजरुपमा सञ्चालन भएको शिक्षामन्त्री पोख्रेलको प्रतिकृया

    काठमाडौं । कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । कोरोना संक्रमण जोखिमका कारण गत वैशाखमा हुन नसकेको परीक्षा आजबाट शुरु भएको हो ।

    परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् । देशभर ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले यसपटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । बोर्डका अनुसार थप ४० प्रतिशत अंक कक्षा ११ को नतिजाको मूल्याङ्कन गरेर र २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

    परीक्षा बिहान ८ बजेदेखि शुरु भएको थियो । यसपटक विद्यार्थीहरुले आफैले पढेको विद्यालयमा परीक्षा दिन पाएका छन् । यस्तै गाउँघरमा गएका विद्यार्थीहरुले भने आफुलाई पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था पनि गरिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सबै परीक्षा केन्द्रमा जनस्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन भएको बताउनुु भएको छ ।

    यस्तै अनुगमनका क्रममा परीक्षा केन्द्रहरुमा परीक्षा बोर्डले जारी गरेको परीक्षा मापदण्ड समेत पालना भएको पाइएको सचिव मैनालीको भनाई छ ।

    यसैबिच, शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा सहज रुपमा सन्चालन भएको भन्दै खुसी व्यक्त गर्नुुभएको छ ।

    काठमाडौं उपत्यकाका परीक्षा केन्द्रहरुको आज बिहान अनुगमन गर्दै मन्त्री पोखरेलले चुस्त व्यवस्थापनका कारण परीक्षा सहजरुपमा भएको बताउनुु भएको हो ।

    परिक्षा केन्द्रहरुमा धारामा साबुन पानी, सेनिटाइजरको व्यवस्था पनि गरिएको छ । हरेक कक्षा कोठा स्यानिटाइज्ड गरिएको छ । कक्षा कोठामा एउटा बेन्चमा एक जनामात्रै परीक्षालाई बस्ने व्यवस्था मिलाइएको छ ।

     

     


    मंगलवार, मंसिर ९ २०७७१२:२९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij