Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

थाइल्यान्डमा मोदी–ओली भेटवार्ता हुने

थाइल्यान्डमा मोदी–ओली भेटवार्ता हुने

  • बुधवार, चैत्र २० २०८१

  • 392
    SHARES

  • थाइल्यान्डमा मोदी–ओली भेटवार्ता हुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने भएको छ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास(बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डमा रहनुभएका ओली र समकक्षी मोदीबिच भेटवार्ताै हुन लागेको हो।

    शिखर सम्मेलनका दौरान दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रवार साइडलाइन वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। बिम्स्टेकको शिखर सम्मेलनमा जाने क्रममा प्रधानमन्त्री ओलीले हिजोबाट थाइल्याण्डको औपचारिक भ्रमण पनि सुरु गर्नुभएको छ।

    प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच आज औपचारिक भेटवार्ता सम्पन्न भएको छ। त्यसक्रममा दुई देशका सरकार तथा निजी क्षेत्रबीच विभिन्न सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर भएको छ।


    बुधवार, चैत्र २० २०८१०३:५८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij