Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

राजनीतिक जागरणमा रेडियो नेपालको ठूलो योगदान छ - प्रधानमन्त्री ओली

राजनीतिक जागरणमा रेडियो नेपालको ठूलो योगदान छ - प्रधानमन्त्री ओली

  • बुधवार, चैत्र २० २०८१

  • 372
    SHARES

  • राजनीतिक जागरणमा रेडियो नेपालको ठूलो योगदान छ - प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताउनुभएको छ ।

    सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा सुभकामना दिदैं प्रधानमन्त्रीले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहारसिद्ध रहेको उल्लेख गर्नुभएको छ । समाजको महत्वपूर्ण अङ्गको भूमिका पाएको प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्नेगरी जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सरकारले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको अभियानलाई जनसमक्ष विस्तार गर्न रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    नेपालको राजनीतिक जागरणमा रेडियो नेपालको ठूलो योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले रेडियो नेपालले अब देश विकासका निम्ति सृजनात्मक रूपमा आमनागरिकलाई सुसूचित गर्नुपर्ने बेला आएको बताउनुभयो । आगामी दिनमा सूचना र सन्देश रोजगारी सृजनासँगै नवीन प्रविधिका माध्यमबाट देश विकासको गतिलाई अगाडि बढाउँदै आर्थिक समृद्धिको यात्रामा केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाई छ ।


    बुधवार, चैत्र २० २०८१०१:५८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij