Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

छानविन आयोग गठन गरेर तिनकुने घटनाको अनुसन्धान गर्नुपर्छ - वरिष्ठ अधिवक्ता त्रिपाठी

छानविन आयोग गठन गरेर तिनकुने घटनाको अनुसन्धान गर्नुपर्छ - वरिष्ठ अधिवक्ता त्रिपाठी

  • मंगलवार, चैत्र १९ २०८१

  • 608
    SHARES

  • छानविन आयोग गठन गरेर तिनकुने घटनाको अनुसन्धान गर्नुपर्छ - वरिष्ठ अधिवक्ता त्रिपाठी

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कस्तो कारवाही हुन सक्छ । सडक प्रर्दशन राजनीतिक प्रर्दशन हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनु भएको छ । आन्दोलनको नाममा यनीहरुको प्रर्दशन उदण्डता प्रर्दशन भएको उहाँको भनाई छ ।

    आज बिहानको नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले रहस्यमयी रुपमा आन्दोलनको कमाण्डर दुर्गा प्रसाईँलाई तोकेर अघी बढ्नुले पनि यस आन्दोलनको धागो निर्मल निवाससँग जोडिएको बताउनुभयो ।

    आन्दोलनमा दुई जनाको ज्यान जाने गरेर भएको आन्दोलनलाई सामान्य रुपमा हेर्न नसकिने बताउँदै उहाँले राज्य पक्षबाट भएका कमजोरीको जिम्मेवार राज्यले हुन जरुरी रहेको तर राज्यले पूर्वराजासँग जोडिएको धागोलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने अधिवक्ता त्रिपाठीले बताउनुभयो ।

    आन्दोलनको आयोजक जो भएपनि, त्यसको कुनै न कुनै रुपमा सम्वन्ध पूर्वराजा ज्ञानेन्द्रसँग जोडिएका कारण यस घटनाको छानविन गर्नका लागी अधिकार प्राप्त छानविन आयोग नै गठन गर्न आवश्यक रहेको उहाँको भनाई छ । उहाँले भननुभयो, ‘आन्दोलनका नाममा घरमा आगो लगाउने, सुरक्षाकर्मीमाथी हमला गर्ने वा लुटपाट तोडफोड गर्ने खालका काम सह्य हुनुहुदैँन । यस्ता किसिमका आन्दोलन राजनितीक मात्रै नभएर आपराधिक खालका हुन् । यस घटनालाई राज्यले विशेष रुपमा अनुसन्धान गर्न आवश्यक छ ।’ यस घटनामा मुलिकीय फौजदारी कानुन आकर्षित हुने उहाँले बताउनुभयो ।

    प्रमाणहरु मेटाउनका लागि पत्रकारको हत्या भएको हुनसक्ने भन्दै उहाँले यस्ता आन्दोलनलाई कसरी निउन्त्रमा लैजाने भन्ने विषयमा प्रहरीलाई विशोष तालिम दिन आवश्यक रहेको बताउनुभयो । आन्दोलन नियन्त्रण गर्नका लागि गोली प्रयोग हुन थालेको खण्डमा त्यसले भिडलाई आक्रोसित गर्ने भएकाले राज्यले पनि अहिंस्रक गतिविधी अपनाउन आवश्यक रहेको त्रिपाठीको भनाई रहेको छ ।

    आन्दोलन गर्ने सवै नागरिक र समुहहरुलाई संविधानले नै अधिकार दिएको भन्दै उहाँले आन्दोलनका नाममा हिंसा भड्काउने, ज्यानै जाने तथा नीजी र सार्वजनिक सम्पतिहरुमा क्षती पुर्याउने खालका गतिविधी आन्दोलनको सीमाभन्दा धेरै परको कुरा भएकाले सवैले कानुनभित्र रहेर मात्रै आफ्ना गतिविधी संञ्चालन गर्नु पर्ने उहाँले बताउनुभयो ।

     


    मंगलवार, चैत्र १९ २०८१०६:५९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij