निर्वाचन अधिकृतमाथि अभद्र व्यवहारप्रति प्रजातन्त्रवादी प्राध्यापक संघको आपत्ति
निर्वाचन अधिकृतमाथि अभद्र व्यवहारप्रति प्रजातन्त्रवादी प्राध्यापक संघको आपत्ति
मंगलवार, चैत्र १९ २०८१
932
SHARES
काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अधिकृतमाथि भएको अभद्र व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।
संघले दोषीहरूमाथि कडा कारबाही गर्न माग गर्दै यस्तो घटनाले लोकतान्त्रिक प्रक्रियालाई धमिलो बनाउने चेतावनी दिएको छ। त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन अधिकृत सह-प्राध्यापक डा. अंगतमणि गौतममाथि केही उच्छृङ्खल विद्यार्थीहरूको समूहले मसी छ्याप्ने कार्य गरेको थियो।
निर्वाचन प्रक्रियालाई मर्यादित रूपमा सम्पन्न गर्नुपर्ने बेलामा भएको यस्तो घटनाले शैक्षिक संस्थाको गरिमामा आघात पुर्याएको प्राध्यापक संघको ठहर छ।
संघका अध्यक्ष जगत तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा दोषीमाथि कडा कारबाही गर्न माग गर्दै स्ववियु निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।