Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

राजावादीको प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल

राजावादीको प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल

  • मंगलवार, चैत्र १९ २०८१

  • 475
    SHARES

  • राजावादीको प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल

    काठमाडौं । सरकारले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन आम सर्वसाधारणलाई बैठकले अपिल गरेको बताउनुभयो ।

    उहाँले तीनकुनेमा शुक्रबार राजावादीले गरेको हिंसात्मक प्रदर्शनको बैठकले निन्दा गरेको जानकारी जानकारी दिनुभयो । यस्तै घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । यस्तै बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीमाथि गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको गुरुङले बताउनुभयो ।


    मंगलवार, चैत्र १९ २०८१०४:१८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij