Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

राजावादीहरु आपराधिक मानसिकताका मान्छे भएको पुष्टि भयो - प्रचण्ड

राजावादीहरु आपराधिक मानसिकताका मान्छे भएको पुष्टि भयो - प्रचण्ड

  • मंगलवार, चैत्र १९ २०८१

  • 589
    SHARES

  • राजावादीहरु आपराधिक मानसिकताका मान्छे भएको पुष्टि भयो - प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आपराधिक मानसिकता भएका मान्छे पुष्टि भएको बताउनुभएको छ । नवनिर्वाचित प्रेस सेन्टर नेपालका पदाधिकारीलाई बधाई दिँदै आज बिहान निजी निवास खुमलटारमा उहाँले माओवादी केन्द्रले अभियान चलाइरहेका बेला प्रतिगमनकारीले टाउको उठाउने र वितण्डामा मच्चाउन खोजेपछि आफूहरुले गणतन्त्रको पक्षमा काठमाडौंमा विशाल जनप्रदर्शन गरेको बताउनुभयो । आफूहरूको जनप्रदर्शनलाई लक्षित गरेर राजवादीले जनप्रदर्शनका नाममा वितण्डा मच्चाएर आफूहरूलाई अपराधी पुष्टि गरेको उहाँको भनाई छ ।

    अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा पहिलो पटक आफूहरूले हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सञ्चालन गरेको र उक्त अभियानमा हजारौँ र लाखौँ नागरिकसँग भेटघाट संवाद हुनुका साथै पार्टी प्रवेशको लहर नै चलेको बताउनुभयो ।

    यसैबिच नेकपा (माओवादी केन्द्र)ले काठमाडौं उपत्यकामा नेवार समुदायको विशाल प्रदर्शन गर्ने तयारी गरेको पनि अध्यक्ष प्रचण्डले जानकारी दिनुभएको छ । भर्खरै मात्रै माओवादीकै नेतृत्वमा समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा विशाल जनप्रदर्शन गरे लगत्तै नेवार समुदायको विशाल जनप्रदर्शन गर्ने तयारी भइरहेको भन्दै त्यसको महत्वलाई पनि राम्रोसँग सञ्चार माध्यमबाट स्थापित गर्न अनुरोध गर्नुभएको छ ।


    मंगलवार, चैत्र १९ २०८१०२:१६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij