काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त हुनु भएको छ। माघ २५ गतेदेखि रिक्त रहेको नेप्सेको सीईयोमा हिजो बसेको मन्त्रिपरिषदको बैठकले चापागाँईलाई नियुक्त गरेको हो।
लामो समय सानिमा बैंकमा आवद्ध रहेर काम गर्नुभएका चापागाईं हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुनुहुन्थ्यो। यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएको थिएन।
पर्यटन व्यवसायी समेत रहनुभएका लुइँटेलको नाम सिफारिस हुँदा आलोचना हुनसक्ने भएपछि मन्त्रिपरिषदले पुनः अर्को नाम नियुक्त गरेको हो।