Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस

संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस

  • मंगलवार, चैत्र १९ २०८१

  • 626
    SHARES

  • संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस

    काठमाडौं। सरकारले हिउँदे अधिवेशन अन्त्यका लागी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो साँझ बसेको मन्त्रीपरिषद बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ। विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो ।

     


    मंगलवार, चैत्र १९ २०८१०८:३१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij