काठमाडौं। वर्तमान व्यवस्थाका विरुद्धमा गत चैत १५ गते काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनविरुद्धको आक्रोश अझै कायम छ। राजावादी समुहले तीनकुनेमा गरेको शान्तीपूर्ण प्रदर्शन एकाएक हिंसात्मक बनेपछी उत्पन्न परिस्थीतिप्रति गणतन्त्रवादी दलहरु आक्रोशीत छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा राजसँस्था पूर्नस्थापनाका लागी संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको उक्त आन्दोलनमा पत्रकार सुरेश रजकसहित २ जनाको मृत्यु र सयौं घाइतेसँगै अर्बौको क्षति हुनेगरी भएको आगजनी र तोडफोडको उक्त घटनाप्रति आज गणतन्त्रवादी दलहरुले सदनमै आक्रोश पोखेका छन्।
संघिय संसदअन्तर्गत राष्ट्रियसभा र प्रतिनिधी सभा दुबै सदनका बैठकमा सांसादहरुले यस विषयलाई प्राथमिकताका साथ मात्रै उठाएनन् विपक्षी विरोध र आक्रोशस्वरुप आगो नै ओकले। तर उक्त प्रदर्शनको पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने घटनाको बचाउमै उत्रियो। आज प्रतिनीधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनकै क्रममा पनि राप्रपा सांसदसँग सवालजवाफजस्तो देखियो।
सम्बोधनमा प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रले चैत १४ मा समाज विथोल्न लागिपरेका अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमाण्डर’ तोकेको र हिंसात्मक वारदातका लागि खटाइएकोले भोलीपल्ट उक्त घटना दाबी आरेप लगाउनुभयो । त्यसै क्रममा राप्रपा सांसदहरुले प्रधानमन्त्रीले नै संसदको नियमावली उल्लङघन गरेको भन्दै उठेर नियमापक्ति गरे ।
त्यसपछी सभामुख देवराज घिमिरेले पटकपटक बस्न आग्रह गर्दा पनि राप्रपा सांसदको विरोध कायमै रहेपछी प्रधानमन्त्रीले विरोधकै विचमा संविधान र व्यवस्था नै मास्ने प्रयत्न मान्य नहुने चेतावनी दिनुभयो। उहाँले संविधान उल्लङघन गर्ने र व्यबस्था मास्ने प्रयत्न गर्ने पूर्वराजासहित जोकोही भएपनि कानुनी दायरामा ल्याउने उद्योष गर्नुभयो।
प्रधानमन्त्रीको सम्बोधनपछी पनि राप्रपाको नियमापक्तिका विषयमा सभामुखले पनि ध्यानाकर्षण भएको जनाएपछी सत्तारुढ सांसदहरुले प्रतिप्रश्न गरे। सत्तापक्षका मुख्य सचेतक महेश वर्तौलाले व्यवस्था र संविधानविरोधी कार्यमा प्रधानमन्त्रीले प्रश्न उठाउँदा प्रधानमन्त्रीमाथी नै प्रश्न उठाउन कुन नियमले दियो भन्दै सभामुखकै ध्यानाकर्षण गराउनुभयो।
त्यसपछी विषेश समयमा पनि सत्तारुढ र विपक्षी दुवै तर्फका सांसदहरुले तिनकुने घटनाका सन्दर्भमा गम्भिर प्रश्न उठाए। सत्तारुढ दलका सांसदहरुले ज्ञानेन्द्र शाहका सेवा सुविधा पनि खोस्नुपर्ने देखी शाहलाई कारबाही गर्नुपर्ने सम्मका माग राखे ।
सरकारको नेतृत्व कर्ता दल एमाले सांसद योगेश भट्टराईले पूर्वराजामाथी प्रश्न उठाउँदा राप्रपाले विरोध गरेको भन्दै निर्मल निवासबाट लफङगाहरुलाई माला लगाएर घरमा आगो लगाउन तीनकुने पठाएको आरोप लगाउनुभयो भने कांग्रेस सांसद विश्वप्रकाश शर्माले घटनाले सिंगो देश र जनतालाई दुख्दा निर्मल निवासलाई किन दुखेन? भन्ने प्रश्न गर्नुभयो ।
यस्तै विपक्षी दलका सांसदहरुले पनि घटानाको छानविनका लागी न्यायीक समिती निर्माणको माग गरे। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले दुर्गा प्रसाई र ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरी कानुनी दायरामा ल्याउन माग गर्नुभयो।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले यो घटनाले सरकार माथी पनि प्रसस्तै प्रश्न उठेको र घटना पनि शंकास्पद रहेको भन्दै यसमा न्यायीक छानबिन समिति बनाउन माग गर्नुभयो।
तर, यता सत्ता र विपक्षका सांसदहरुले पूर्वराजामाथी प्रश्न उठाएपछी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने घटनाको बचाउमा उत्रिदैं सरकार र गणतन्त्रवादी सांसदहरु विरुद्ध आगो मात्रै ओकल्नु भएन, कांग्रेस, एमाले र माओवादी कुन दलले मान्छे नमारी, आन्दोलन नगरी, आएको हो भन्दै प्रश्न गर्नुभयो। उहाँले छतमाथी बसेर म्याद सकिएकको अश्रु ग्यास प्रहार र बाटोमा हिडिराखेको मान्छेलाई किन गोलि हानियो भन्दै प्रतिप्रशन दोहोराउनुभयो।
शान्तिपूर्ण प्रदर्शनका नाममा व्यवस्थाकै विरुद्धमा भएको आन्दोलनले हिंसात्मक रुप लिएपछी बनेको चैत १५ गतेको रक्तपातपूर्ण परिस्थीति साच्चिकै दुखद थियो। उक्त घटनापछी नेपालभित्र मात्रै नभएर अन्तराष्ट्रिय जगतले पनि निकै चासोका साथ हेरिरहेको देखिन्छ। उक्त प्रदर्शनको आयोजक पूर्वराजा ज्ञानेन्द्र शाहनिकट समुह रहेपनि घटनामा सुरक्षा प्रवन्ध मिलाउन नसक्नुमा राज्यको कमजोरी मुल देखिन्छ।
देशमा राजनैतिक असन्तुष्टिले बढ्दो निराशाकै बिच धमिलो पानिमा माछा मार्ने दाउमा व्यवस्थाकै विरुद्धमा उत्रिएको यो समुहलाई निष्तेज पार्न अहिलेका गणतन्त्रवादी दल,तिनका नेतृत्व, सरकारसँगै सबै सरोकारवाला निकायले देशलाई समृद्धि दिने र आम जनमानसमा बढ्दो असन्तुष्टि चिर्न जरुरी छ। अन्यथा व्यवस्था विरोधी शक्ति र अस्थिरताबाट आजीत असन्तु्ष्टिले देशलाई खाल्डोमा नपार्ला भन्न सकिँदैन।