Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ - प्रधानमन्त्री ओली

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ - प्रधानमन्त्री ओली

  • सोमवार, चैत्र १८ २०८१

  • 847
    SHARES

  • तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ - प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ को तीनकुने क्षेत्रमा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उहाँले राजसंस्था पुन: स्थापना लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेबारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनुभएको हो ।

    आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताउँदै उहाँले मानिसलाई मर्न दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट, शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।

    गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व दुर्गा प्रसाईं र नवराज सुवेदीले गरेका थिए । ज्ञानेन्द्रले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै बक्तव्यवाजी गरेपछि ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरिएको प्रधानमन्त्रीको भनाइ थियो । चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमाण्डर’ तोकेको र हिंसात्मक वारदातका लागि खटाइएको उहाँको भनाई छ ।

    प्रारम्भिक अध्ययनमा सबै घटनाले स्पष्ट तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेको र तत्कालीन समयमा नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार–व्यावसाय सञ्चालन गर्ने सहमति भएको बताउनुभयो ।


    सोमवार, चैत्र १८ २०८१०१:२४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij